+

नेपाली महिला फुटबल टोली स्वेदश फर्कँदै

२०८२ असार  २२ गते २०:५५ २०८२ असार २२ गते २०:५५
नेपाली महिला फुटबल टोली स्वेदश फर्कँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टोली उज्बेकिस्तानबाट प्रस्थान गरी यूएईको शारजाहमा ट्रान्जिटमा छ।
  • नेपाल निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट हुन सकेन।
  • टोलीले समूह चरणमा लाओस र श्रीलंकालाई जित्दा राम्रो प्रदर्शन गरेको थियो।

२२ असार, काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली भोलि (सोमबार) विहान काठमाडौं आइपुग्ने भएको छ ।

नेपाली टोली उज्बेकिस्तानबाट प्रस्थान गरिसकेर हाल यूएईको शारजाहमा ट्रान्जिटमा छ । त्यहाँको ट्रान्जिट सकाएर विहान काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली टोली निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट भने हुन सकेन ।

समूह चरणका खेलमा नेपालले लाओसलाई ९-० तथा श्रीलंकालाई ८-० ले हराएको थियो ।

निर्णायक खेलमा भने ३-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-३ को बराबरी गरेपनि पेनाल्टी सुटआउटमा भने नेपाल चुकेको थियो ।

नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय