+
+
Shares

युक्रेनमा रूसको ड्रोन आक्रमण, चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

रासस रासस
२०८२ असार २३ गते १४:३६

२३ असार, युक्रेन । युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।

पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।

घटनाको पुष्टि गर्दै अधिकारीहरूले घाइते भएकामध्ये अधिकांश खार्किभ र डिनिप्रोपेट्रोभस्कको पूर्वी क्षेत्रहरूका रहेको बताएका छन् ।

रूसी ड्रोनहरूले राजधानी किएभमा आक्रमण गर्दा भवनहरूमा समेत क्षति पुगेपनि कुनै हताहत नभएको नगर प्रमुखले टेलिग्राममार्फत जनाएका छन् ।

रूसको रक्षा मन्त्रालयले आइतबार राति मस्को क्षेत्रमा आठ वटा र बाँकी ९१ वटा ड्रोनहरू अधिकांश युक्रेनको सिमानामा खसालेको बताएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?