+
+
Shares

इजरायली हतियार निर्माण केन्द्रमा इरानी सेनाको ड्रोन आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी सेनाले इजरायलको प्रमुख हतियार निर्माण कम्पनी 'राफेल एडभान्स्ड डिफेन्स सिस्टम्स' मा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
  • 'अपरेसन ट्रु प्रमिस ४' अन्तर्गत गरिएको ३१ औं चरणको आक्रमण इरानी सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
  • इरानले आफ्ना सैन्य कमान्डर र नागरिकहरूको हत्याको बदला लिन यो कदम चालिएको बताएको छ।

इरानी सेनाले इजरायलको प्रमुख हतियार निर्माण कम्पनी ‘राफेल एडभान्स्ड डिफेन्स सिस्टम्स’ मा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

‘अपरेसन ट्रु प्रमिस ४’ अन्तर्गत गरिएको यो ३१् औँ चरणको आक्रमण भएको इरानी सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इरानले आफ्ना सैन्य कमान्डर र नागरिकहरूको हत्याको बदला लिन यो कदम चालिएको बताएको छ।

इरानका अनुसार ‘राफेल’ केन्द्रले इजरायली सेनाका लागि ‘आइरन डोम’ जस्ता प्रतिरक्षा प्रणाली र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अत्याधुनिक हतियारहरू निर्माण गर्दै आएको छ।

इरानी अधिकारीहरूले यो केन्द्रले इरानका नागरिक बस्तीहरूमा हमला गर्न प्रयोग हुने सफ्टवेयर र प्रविधि उपलब्ध गराएको आरोप लगाएका छन्।

गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको यो युद्ध अहिले झन् भयानक मोडमा पुगेको छ।

यसअघि इरानले कतार, बहराइन र यूएईमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा पनि ड्रोन र मिसाइल प्रहार गरेको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?