+
+
Shares

‘जहाजैमा’ फागुन १ मा आउने, कार्म अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति फागुन १ तय गरिएको छ र यो नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।
  • निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरण सहकार्य गर्दै फिल्म रिलिज गर्ने घोषणा गरेको हो।
  • छायांकन भदौबाट जापानमा सुरु हुनेछ र अन्य कलाकार फाइनल चरणमा रहेको बताइएको छ।}

काठमाडौं । फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।

फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

कृषा चौलागाईंको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानी फिल्ममा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया फाइनल भइसकेका छन् ।

अन्य कलाकार पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ । भदौबाट यो फिल्मको छायांकन जापानमा सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ ।

उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

योसहित अहिलेसम्म ४ फिल्मले फागुन १ मा प्रदर्शन मिति घोषणा गरेका छन्, जसमा डबल ट्रिपल, कल्ली र लालीबजार पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?