
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन्।
- पार्टी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद थिए।
- जवाफमा देउवाले आफ्नो निर्णय आफैंले गर्नुपर्ने बताए।
२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद दिएका थिए ।
शर्मा बोलेर सक्ने बित्तिकै देउवाले उनलाई जवाफ फर्काउँदै भने, ‘मैले के गर्छु, मेरो आफ्नो कुरा हो । म अप्ठ्यारो मान्छे हो नि । कसैले भनेर गर्ने म होइन ।’
देउवाले त्यति भनिसकेपछि बैठकमा नेताहरूले हाँसोको फोहरा नै छुटाए ।
देउवाले पार्टीको विधानले पाँच वर्ष र संविधानको व्यवस्था अनुसार थप पाँच महिना अवधि दिएको समेत बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4