+
+
Shares

‘नेसनल युथ फेस्टिभल’ निरन्तर, २८ असारमा दोस्रो संस्करण

गत वर्षदेखि सुरु भएको फेस्टिभलमा अघिल्लो वर्ष झैं यस वर्ष पनि प्रतिष्ठित व्यक्तिहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘नेसनल युथ फेस्टिभल’ को आयोजना २८ असारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
  • कार्यक्रममा अनुराधा कोइराला, डा. भगवान कोइराला, र शोभनवीर मालाकारले अनुभव साझा गर्नेछन्।
  • यस वर्षको महोत्सव युवालाई सकारात्मक सन्देश दिने र देशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

२३ असार, काठमाडौं । युवा विद्यार्थीहरूमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेसनल युथ फेस्टिभल‘ लाई निरन्तरता दिइने भएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा, वाईईडी टक्स र इन डेप्थ स्टोरीको संयुक्त आयोजनामा यो महोत्सव २८ असारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

गतवर्षदेखि सुरु भएको फेस्टिभलमा अघिल्लो वर्ष झैं यस वर्ष पनि प्रतिष्ठित व्यक्तिहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।

यस वर्षको कार्यक्रममा अनुराधा कोइराला, डा. भगवान कोइराला, चन्द्र ढकाल, मनोज ज्ञवाली, सुरक्षा पन्त, रुपेश्वर गौर दास, शोभनवीर मालाकार लगायतले जीवनका अनुभव र भोगाइ साझा गर्दै आफ्नै देशमा अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनेछन् ।

कार्यक्रममा विभिन्न वक्ताका प्रेरणादायी प्रवचन साथै गायक सविन राई एन्ड फारो र द एलिमेन्ट्स ब्यान्डको विशेष सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

एमआईटीका अध्यक्ष सुरेन्द्र सुवेदीले युवालाई सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

‘आफ्नो ज्ञान, सिप र क्षमता सदुपयोग गर्दै यसै देशमा सफल कार्य गर्न सकिन्छ भन्ने प्रेरणा दिनु र आगामी पुस्ताको असल पथप्रदर्शक बन्नु नै हाम्रो उद्देश्य हो,’ युथ फर चेन्जका अध्यक्ष हिमाल विष्ट भन्छन्, ‘यो कार्यक्रम युवामा सकारात्मक आशा जगाउने र नेपालमै उपलब्ध अवसर देखाउने उद्देश्यले डिजाइन गरिएको हो, जसले ‘विदेशमै मात्र अवसर छन्’ भन्ने सामान्य धारणा चिर्दै ‘आफ्नो देशमै सफल हुन सकिन्छ’ भन्ने सन्देश दिन्छ ।’

गत वर्षको महोत्सवमा विश्वप्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत, गायिका आनीछोइङ डोल्मा, क्याप्टेन विजय लामा लगायत सहभागी थिए । पहिलो संस्करणको सकारात्मक प्रभाव र युवामा देखिएको उत्साहका कारण यो महोत्सव यस वर्ष पुनः आयोजना गर्न लागिएको हो ।

कक्षा १२ पास गरी उच्च शिक्षा यात्रा सुरु गर्ने तयारीमा रहेका विद्यार्थीका लागि लक्षित यो कार्यक्रम पूर्णतः निःशुल्क हुनेछ । इच्छुक विद्यार्थीले अनलाइन मार्फत नाम दर्ता गरी निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?