+
+
Shares

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १२:१५

२४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको मुद्दा र पूर्वमन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिबारे छलफल भइरहेको छ । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता भएपछि त्यसमाथि छलफल गर्नेगरी बैठक सुरु भएको थियो ।

तर, बैठक चलिरहेकै बेला झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित व्यक्त अभिव्यक्तिले पार्टीपंक्ति तरंगित बनेको छ । झाँक्रीले ‘सिनो बोकेर हिड्न नसकिने’ बताएकी थिइन् ।

यस्तो अभिव्यक्तिपछि झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने हिजो मात्र महासचिव घनश्याम भूसालले सम्वाद गरेका थिए । बैठक स्रोतका अनुसार यो विषयमा आज छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?