+
+
Shares

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण

शपथपछि नवनियुक्त न्यायाधीशहरुको आजै इजलास समेत तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १२:३५

२४ असार, काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।

शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?