
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन्।
- अख्तियारले टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
- विशेष अदालतमा अहिले उनको बयान भइरहेको छ।
२४ असार, काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् ।
टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले उनको बयान भइरहेको छ ।
नेपाल टेलिकमको बिलिङ सम्बन्धी वार्षिक मर्मतसम्भार ठेक्का (एएमसी)का क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनी लगायतमाथि मुद्दा दायर गरेको हो ।
अख्तियारले २४ जेठ, २०८२ मा तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यतिबेला संगीता पहाडी प्रमुख व्यवसायिक अधिकृत थिइन् । सुनिल पौडेललाई भ्रष्टाचार मुद्दा चलेपछि सरकारले पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया अघि बढाउनुको साटो पहाडीले बदनियत राखी ६ वर्षको वार्षिक मर्मतसम्भार सम्झौता गरेको र त्यसबाट टेलिकमलाई हानी नोक्सानी भएको अख्तियारको जिकिर थियो ।
सञ्चालक समितिले नै नयाँ प्रणाली खरिदको प्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म मात्रै मर्मतसम्भार ठेक्का बढाउन आदेश दिएकोमा त्यसविपरित ६ वर्षको ठेक्का दिएको अख्तियारको आरोप थियो ।
अख्तियारले उनी लगायत १८ जना विरुद्ध ३३ करोड ४८ लाख रुपैंया विगो मागदावी गरेको छ ।
प्रतिक्रिया 4