+
+
Shares

विद्यार्थीलाई सम्मान गर्दै ‘मोहर’ले ल्यायो ‘झुम झुम झुम्किका’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ साउन २३ गते रिलिज हुने भएको छ।
  • गीतको भिडियोमा पल शाह र बेनिशा हमाल फिचर्ड छन् र नाच्ने दृश्य देखाइएका छन्।
  • फिल्मको निर्माण चुम्बनजंग शाहीको ब्यानरमा भएको हो र मुख्य कलाकारहरू मिथिला शर्मा, सारा शर्मा हुन्।

काठमाडौं । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंको जोसेफ स्कुल र कलेजसँग ‘एजुकेसन टाइ अप’ गर्दै गीत रिलिज गरिएको हो । जोसेफ स्कुलबाट एसईई पास भएका विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा पाँचसय बढी विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा गीत सार्वजनिक गरियो ।

सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा कलाकार पल शाह र बेनिशा हमाल फिचर्ड छन् ।

भिडियोमा यी दुई छमछमी नाचेका छन् । भिडियोमा दुईजनाको नोकझोक पनि देखिन्छ । यसले, फिल्म भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ ।

यसअघि सार्वजनिक फिल्मको शीर्ष गीतमा पल र नीति शाहको जोडी देखाइएको थियो । गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बालकलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ ।

फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् । फिल्ममा अर्जुनजंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।

फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्ममा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?