+
+
Shares

वीपी राजमार्गमा सवारी जामले यात्रु हैरान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ९:५२

२५ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेका पिन्थलीबेसी र चारसयबेसीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि यातायातका साधन सन्चालनमा आएको प्रहरीले जनाएको छ । तर ठाउँ–ठाउँमा सवारी साधन जामको समस्या पनि देखिएको छ ।

याक्राको क्रममा पटक–पटक रोकिनुपर्दा यात्रु र सवारी चालक तथा सहचालकहरु हैरान छन् । कच्ची बाटोमा गाडीहरु फस्ने र बिग्रिने गर्नाले सवारी जाम हुने र समयमै गन्तव्यमा पुग्न नपाउने उनीहरुको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सन्चालनमा ल्याइए पनि कुनै–कुनै ठाउँमा केहीबेर रोकिँदै हिँड्नुपर्ने अवस्था छ ।

२०८१ साल असोजमा आएको बाढीले बीपी राजमार्ग क्षतविक्षत भएको थियो । सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले यात्रा कष्टकर हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?