+
+
Shares

अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ९:४२

२५ असारकाभ्रेपलाञ्चोक । खहरे खोलाको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग सुचारु भएकोछ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशीफेदीखोला र रोशी–७ को चारसय बेशीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

उनका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको छ । 

सडक विभागस्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?