+
+
Shares

मिरुना मगरले साइन् गरिन् तक्मे बुढाको ‘मैझारो’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘मैझारो’ नामक फिल्मको शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन्।
  • विल्सनविक्रम राईले निर्देशन गर्ने यो फिल्म छायांकन तयारीमा छ र साउनको पहिलो हप्ताबाट सुरु हुनेछ।
  • फिल्मको कथावस्तु पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित हुनेछ।

काठमाडौं । विल्सनविक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गर्ने फिल्म ‘मैझारो’को शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् ।

यसअघि ‘कबड्डी’, ‘ऊनको स्विटर’ लगायतका केही फिल्ममा विल्सन र मिरुनाले अभिनय सहकार्य गरिसकेका छन् ।

‘मैझारो’मा यसअघि धीरज मगर अनुबन्धित भैसकेका छन् । टिभी सिरिजमा तक्मे बुढा नामले चर्चित विल्सनले पहिलोपटक लेखन तथा निर्देशन गर्न लागेको यो फिल्म छायांकन तयारीमा छ ।

यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत हुनेछ । गायनमा राजेशपायल राई छन् । सौरभ लामाले छायांकन गर्दैछन् ।

साउनको पहिलो हप्ताबाट छायांकन हुने यो फिल्मलाई इलाम र पाँचथरका रमणीय स्थानमा खिचिने छ । सामाजिक कथावस्तुमा आधारित हुने यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थको कथावस्तुमा निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?