+
+
Shares

सर्वोच्चले माग्यो महिमानसिंह विष्टको रिट दर्ता नगर्ने आदेशको फाइल

फर्जी कागजात तयार पारेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश दिएको छ।
  • अदालतको आदेशले धरौटीमा छुटेको भए पनि निलम्बनको कारण दोहोरो कारबाहीमा परेको भन्दै विष्टले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

२५ असार, काठमाडौं । सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले पेश गरेको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश गरेको छ ।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विष्टको रिट निवेदन दरपीठ (अस्वीकार) गर्दाको फाइल  (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

अदालतमा मुद्दा विचाराधीन भएको बेला सर्वोच्च अदालतको शाखा अधिकृत विष्टले पठाएको फर्जी कागजातका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका थिए ।

फर्जी कागजात तयार पारेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ । त्यसका साथै सर्वोच्च अदालत प्रशासनले उनलाई निलम्बित समेत गरेको थियो ।

आफू अदालतकै आदेशले धरौटीमा छुटेको तर अदालत प्रशासनले निलम्बन गरेर दोहोरो कारबाहीमा परेको भन्दै विष्टले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न नमिल्ने भन्दै दरपीठ (दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको हो । त्यही आदेश विरुद्ध निलम्बित शाखा अधिकृत विष्टले दिएको निवेदनमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?