
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक गतिविधि सुस्त भए तापनि, चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले उल्लेख्य सुधार देखाएको छ।
- मुद्रास्फीति २.७२ प्रतिशत र शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँको बचत भएको छ।
- आयात, निर्यात, विप्रेषण र विदेशी विनिमय सञ्चिति बढ्दै गएको केन्द्रीय बैंकले जनाएको छ।
२५ असार, काठमाडौं । आर्थिक गतिविधि सुस्त भए पनि अर्थतन्त्रका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांकका आधारमा न्यून मूल्यवृद्धि सहित ऐतिहासिक रेमिट्यान्स आप्र्रवाह भएको हो ।
चालु आव जेठसम्म वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांक आधारित मुद्रास्फीति २.७२ प्रतिशत छ । शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा छ ।
त्यसैगरी आयात १३.१ प्रतिशत र निर्यात ७७.८ प्रतिशत बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशत र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८२ जेठमा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड र राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोड छ । विस्तृत मुद्राप्रदाय ८.२ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ प्रतिशत बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ८ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेप वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ८.७ प्रतिशत छ ।
प्रतिक्रिया 4