+
+
Shares

तीनकुने घटना : अदालतमा उपस्थित एक जना कारागार चलान

दुई जनासँग मागियो धरौटी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १८:४९

२५ असार, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न एक जना कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधमा सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

अन्य दुई फरार प्रतिवादी पनि बुधबार अदालत उपस्थित हुन आएका थिए ।

तीमध्ये विनञ्जय थापा १५ हजार र  राजेन्द्र जि.सीलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।

दुई जनाको ज्यान जानेगरी भएको तीनकुने प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो ।

सो घटनामा अवान्छित क्रियाकलाप गरेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?