+
+
Shares

सिमकोट विमानस्थलमा पस्यो बजारको ढल (तस्वीरहरू)

बजारबाट बग्ने ढलको फोहोरले विमानस्थल दुर्गन्धित भएको विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।

नरजन तामाङ नरजन तामाङ
२०८२ असार २६ गते ९:२१

२६ असार, हुम्ला । हरेक वर्ष जस्तै यो वर्ष पनि बर्खा लागेसँगै सिमकोट विमानस्थलमा बजार क्षेत्रको ढल पसेको छ ।

दैनिक रूपमा निस्कने बजारको ढलसहितको फोहोर पसेपछि विमानस्थलको पार्किङ क्षेत्र डम्पिङ साइट जस्तै बनेको छ ।

विमानस्थलको फोहोरका कारण मानसरोवर कैलाश दर्शन गर्न आउने तीर्थयात्रीहरु समस्यामा पर्ने गरेका छन् ।

यो मौसममा नेपालगञ्ज हुँदै भारतीय तीर्थयात्रीहरु मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने गर्छन् ।

बजारबाट बग्ने ढलको फोहोरले विमानस्थल दुर्गन्धित भएको विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।

पटक-पटक विमानस्थल कर्मचारी र सिमकोट विमानस्थल सुरक्षा गाडका प्रहरी मिलेर सरसफाइ गरेपनि बजारबाट ढल आउन नरोकिंदा समस्या भएको उनको भनाइ छ ।

बजारबाट प्लास्टिक जन्यवस्तु, खाद्य वस्तु र बालुवासहित बगेर विमानस्थल भलैभल हुने गरेको विमानस्थल प्रमुख सिंहले बताए ।

पटकपटक सरोकारवाला निकायलाई हारगुहार गरेपनि सुधार नभएको र फोहोरका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ ।

मर्कामा तीर्थयात्री

नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थल हुँदै चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने भारतीय तीर्थयात्रीहरू फोहोरका कारण समस्यामा पर्ने गरेका छन् ।

सिमकोट गाउँपालिकाले भारतीय तीर्थयात्रीहरूबाट प्रतिव्यक्ति एक हजारको दरले पर्यटन शुल्क उठाउँदै आएको छ । तर, उनीहरू अवतरण हुनेबित्तिकै फोहोरको सामना गर्नु पर्छ ।

शुल्क उठाएपनि विमानस्थलमा पर्यटकलाई नत इन्टरनेटको व्यवस्था छ, नत खानेपानीको व्यवस्था । उल्टै बजारको ढलले विमानस्थल दुर्गन्धित छ ।

गत ८१ चैत ४ देखि ८२ असार २४ सम्मको तथ्यांकमा नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थल  हुँदै मानसरोवर कैलाश दर्शन गर्न आउने भारतीय तीर्थयात्री  ५२० पुरूष र ४५१ महिला गरी ९७१ रहेका छन् ।

तस्वीरहरू : नरजन तामाङ

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?