+
+
Shares

रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १२:१९

२६ असार, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वउपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।

सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् ।

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ’, उनले भनिन् ।

उनले अघि भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?