+
+
Shares

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन्।
  • प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नबीन्द अर्याललाई उक्त निर्देशन दिइएको र सामाजिक संजालमा हुने विकृति रोक्न निष्कर्षसहित अघि बढ्ने बताए।
  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारले विकृति रोक्न राज्य गम्भीर हुनुपर्ने बताएका छन् र गृहमन्त्री लेखकले रोकथाममा सरकार गम्भीर रहेको बताए।

काठमाडौं । गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

विहिबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकल पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले सामाजिक संजाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए ।

उनले भने, ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौं’ गृहमन्त्री लेखकले भने ।

यही सन्दर्भमा उनले कला क्षेत्रको साइबर मामिलालाई हेर्ने गरि फोकल पर्सन तोकेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरे । ‘गीतसंगीत र दोहोरीको नाममा विकृति छन् । बच्चा, नातिनातिनी, छोराछोरीसँग बसेर टिकटक र गीत हेर्ने अवस्था छैन । यसको अन्त्य गर्न हामी लाग्छौं’ उनले भने ।

सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष थापासहित पुगेका कलाकारले लोकसंगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामको लागि राज्य गम्भीर हुनुपर्ने बताएका थिए ।

सो अवसरमा अन्य कलाकार शिव हमाल, बद्री पँगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत पुगेका थिए ।

आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई अलग्गै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ । पत्र बुझ्दै गृहमन्त्री लेखकले रोकथाममा सरकार गम्भीर रहेको बताए ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?