+
+
Shares

राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठक सिंहदरबारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सुरु भएको छ।
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले १६ वटा विषयमा समष्टिगत आर्थिक परिसूचक, सार्वजनिक वित्त परिचालन, राष्ट्रिय गौरवका आयोजना र प्रदेशहरुको आर्थिक अवस्था प्रस्तुत गरे।
  • बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, शहरी विकास मन्त्री प्रकाशमान सिंह, प्रदेश मुख्यमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, सचिवहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थित छन्।

२७ असार, काठमाडौं । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरवका आयोजनाको प्रगति स्थिति समस्या र  समाधानको विषयमा छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी रहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले १६ वटा विषय बैठकमा प्रस्तुत गरे ।

जसमा विकासको प्रारुप मोडल परिवर्तन, मध्यमकालीन खर्च संरचना, अतिकम विकसित देशबाट स्तरोन्नति,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, पूर्वाधार निर्माण,शिक्षा, सीप विकास, क्षमता विकास,वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण,स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सम्बन्धी औषधी तथा उपकरण खरिद, पर्यटन, कूटनीतिक नियोगको घरजग्गा खरिद, बहस पैरवी तथा कानुनी प्रतिरक्षा गर्ने व्यवस्था, जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह, राष्ट्रिय विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन लगायतका विषयहरु प्रस्तुत गरिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नती सम्बन्धी अद्यावधिक स्थिति, राष्ट्रिय गौरबका आयोजना र पहिलो प्राथमिकताका आयोजनाको प्रगति स्थिति, प्रदेशहरुको समष्टिगत आर्थिक अवस्था राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका निर्णय कार्यान्वयन बारे प्रस्तुतिकरण गरे ।

बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, शहरीविकास मन्त्री प्रकाशमान सिंहलगायत सबै मन्त्री, प्रदेश मुख्यमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, मुख्यसचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु र विशिष्ट श्रेणीका कर्मचारी उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?