+
+
Shares

चार दिने संघीय नमुना युवा संसद् अभ्यास सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते २०:५५

२८ असार, काठमाडौं । राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित संघीय नमुना युवा संसद –२०८२ सम्पन्न भएको छ । युवा नेतृत्व विकासका लागि आयोजना गरिएको  चारदिने नमुना संसद अभ्यासको अन्तिम दिन सभामुख देवराज घिमिरेले प्रत्यक्ष अवलोकन गरेका छन् ।

देशभरवाट स्थानीय तह, प्रदेश हुँदै संघीय तहमा छनौट भएर आएका ८० जना युवा नमुना युवा संसद अभ्यासमा सहभागी थिए ।

नमुना संसद सञ्चालनको प्रत्यक्ष अवलोकन गरेपछि आयोजित समापन समारोहमा सभामुख घिमिरेले मुलुकले अवलम्बन गरेको संवैधानिक अभ्यास आजका युवाले वुझ्न र सिक्न आवश्यक रहेको वताए। घिमिरेले नयाँ पुस्ताले परिवर्तनका मुल्य आत्मसात् गरेमात्र लोकतन्त्र मजवुद हुने बताए ।

‘यस खालको नमुना संसद् अभ्यासले नयां पुस्ताका युवालाई मुलुकले अवलम्बन गरेको संवैधानिक अन्तर्वस्तु , शासकीय प्रवन्ध र कानुन निर्माण प्रक्रियावारे जानकारी दिनेछ,’ घिमिरेले भने ।

त्यस्तै, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म सहभागी गराउनुपर्नेमा जोड दिए । बस्नेतले मुलकको कुल जनसङ्ख्याको ४२.५६% हिस्सा ओगट्ने युवा जनसंख्यालाई भविष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार वनाइनुपर्ने बताए ।

चार दिनसम्म चलेको अभ्यासका विभिन्न सत्रमा सांसद उदय शमसेर राणा, सुनिता बराल, सुदन किराती  र मनिष झाले ‘लोकतान्त्रिक मुल्य, संसदीय अनुभव र अभ्यास’ विषयमा उत्प्रेरणात्मक प्रस्तुतीकरण गरेका थिए ।

यसैगरी राष्ट्रिय सभाका पुर्व सचिव राजेन्द्र फुयाँलले ‘कानुन निर्माण प्रक्रिया  : उत्पत्तिदेखि प्रमाणिकरणसम्म’ र  युवा उत्प्रेरक सरोज घिमिरेले ‘युवा जीवन र मार्गदर्शन’ विषयमा सहजिकरण गरेका थिए ।

मुख्य प्रशिक्षक प्रकाश उपाध्याय नेतृत्वको प्रशिक्षक टिमले समग्र अभ्यासको सैध्दान्तिक र प्रयोगात्मक अभ्यास गराएको थियो ।

चारदिने अभ्यासमा नमुना युवा प्रधानमन्त्रीमा भक्तपुरका विजय खनाल र नमुना युवा सभामुखमा वांकेका विवेक शर्मा निर्वाचित भएका थिए ।

त्यस्तै नमुना युवा राष्ट्रपति पदमा  आशु चौधरी र नमुना युवा राष्ट्रिय सभाका अध्यक्षमा सोहम् सोनार निर्वाचित भएका थिए ।

यसैगरी नमुना प्रमुख प्रतिपक्षी दलको नेतामा  रिजवान बधई र उपसभामुख पदमा रेनुका भट्टराई निर्वाचित भएकी छिन् । अभ्यासमा नमुना मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन समेत गरिएको थियो ।

नमुना अभ्यासमा सरकार गठन गर्ने, नीति तथा कार्यक्रम पेश गर्ने, बजेट अधिवेशन सञ्चालन गर्नेदेखि लिएर शुन्य समय, विशेष समय, नियमापत्ति लगायतका विषयमा जिवन्त अभ्यास गराइएको परिषदका उपसचिव कर्ण कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?