+
+
Shares

इगा स्वियातेकले उचालिन विम्बल्डन महिला एकलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १०:१८
Photo Credit : Xinhua/Li Ying

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन महिला एकलको उपाधि जितेकी छन्।
  • यो स्वियातेकको पहिलो विम्बल्डन र छैटौं ग्रान्डस्लाम उपाधि हो।
  • स्वियातेक अमेरिकाकी अमान्डा अनिसिमोवालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन्।

२९ असार, काठमाडौं । अमेरिकाकी अमान्डा अनिसिमोवालाई हराउँदै पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन टेनिस महिला एकलको उपाधि उचालेकी छन्। यो उनको पहिलो विम्बल्डन तथा छैटौं ग्रान्डस्लाम उपाधि हो।

शनिबार राति भएको एक पक्षीय फाइनल खेलमा स्वियातेकले अनिसिमोवालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । विश्व वरियतामा एक नम्बरकी एरिना सबाकेंलालाई हराउँदै फाइनल प्रवेश गरेकी अनिसिमोवा शनिबार राति निकै निरिह देखिइन् ।

विश्व परियतामा ८औं नम्बरमा रहेकी स्वियातेक फाइनलमा भने निकै लयमा देखिएको खेलमा विपक्षीका लागि खराब रेकर्ड पनि बन्यो। विम्बल्डन महिला फाइनलको इतिहासमा विपक्षी खेलाडीले एक सेट पनि जित्न नसकेको १९११ यताको यो पहिलो घटना थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?