+
+
Shares

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा मौद्रिक नीतिपछि आइतबार उत्साह देखिएको छ र बजार खुलेको १ मिनेटमै नेप्से ६६ अंकले बढेको छ।
  • ११ः३० बजेसम्म नेप्से परिसूचक ४० अंकले बढेर २७७२ अंकमा कायम भएको छ र २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ।
  • बैंक, माइक्रोफाइनान्स र फाइनान्स सेक्टरमा विशेष आकर्षण देखिएको छ र यी सेक्टरमा क्रमशः २.५६, ३.४२ र २.५७ प्रतिशत वृद्धि भएको छ।

२९ असार, काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा उत्साह देखिएको छ ।

बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढेको छ । ११ : ०१ बजे २७९७ अंकसम्म पुगेको बजारमा त्यसपछि भने बिक्री पक्ष हाबी भयो । ११ : १० बजे २७६७ अंकसम्म झरेको बजार त्यसपछि फेरि सम्हालिएको छ । ११ : ३० बजेसम्म नेप्से परिसूचक ४० अंक बढेर २७७२ अंकमा कायम भएको छ ।

यो बेलासम्म २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । २१३ कम्पनीको मूल्य बढ्दा ३३ को घटेको छ । बैंक, माइक्रोफाइनान्स र फाइनान्स सेक्टरमा विशेष आकर्षण देखिएको छ । साढे ११ बजेसम्म बैंकिङ २. ५६, फाइनान्स २.५७ र माइक्रोफाइनान्स ३.४२ प्रतिशत बढेको छ ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले माइक्रोफाइनान्स कम्पनीलाई लाभांशको सीमा खुकुलो बनाउने संकेत गरेको छ । त्यस्तै फाइनान्स कम्पनीलाई निक्षेप संकलनलाई थप फराकिलो बनाएको छ भने बैंकहरुको नाफा र बिजनेस बढ्ने सहजता दिने घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?