
News Summary
Generated by OK AI. Editorially reviewed.- बुङ्गल हाइड्रोपावरले वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ खुलाएको छ।
- आयोजना प्रभावित स्थानीयले बझाङ शाखाका बैंक र कार्यालयमार्फत फारम लिन र बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।
- कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ र केयर रेटिङबाट बी रेटिङ पाएको छ।
२९ असार, काठमाडौं । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ खुलेको छ ।
आयोजना प्रभावित स्थानीयका लागि ८ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरुका लागि २ लाख ७ हजार ५ सय कित्ता सेयरका लागि आवेदन खुलेको हो ।
न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयले बझाङ शाखाका ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, बुङ्गल हाइड्रोपावरको आयोजना कार्यालयमार्फत फारम लिन र तिनै कार्यालयमा बुझाउन सकिनेछ । आयोजना प्रभावित स्थानीयले छिटोमा साउन ११ गतेसम्म र ढिलोमा २६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
गत चैत मसान्तसम्म कम्पनी नोक्सानीमा छ । सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा छ ।
कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।
प्रतिक्रिया 4