
नवराज सुवेदी/फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- राप्रपाले सुवेदीलाई अनुशासन आयोगको अध्यक्ष र सगुन सुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो।
२९ असार, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर आन्दोलन थालेका नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने जिकीर उनले गरेका छन् ।
राप्रपाले हालै सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो ।
आज राप्रपाका महामन्त्री धवल शम्शेर राणासहित निर्वाचन आयोग पुगेका सुवेदीले आफ्नो पदीय हैसियत यथावत कायम गरिपाउँ भनेर निवेदन दिएका छन् ।
हेर्नुहोस् नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदन :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4