+
+
Shares

एनआईएमबीका ग्राहकलाई विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट

एनआईएमबीले विराट मेडिकल कलेज र नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्नाभिन्नै सम्झौता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन्।
  • एनआईएमबीले विराट मेडिकल कलेजसँग सामान्य ओपीडीमा ५० प्रतिशत र अन्य सेवामा ५ देखि १० प्रतिशत छुट दिने सम्झौता गरेको छ।
  • एनआईएमबीका ग्राहकले विराट नर्सिङ होममा ५ देखि १० प्रतिशत छुट र सीटी स्क्यान/एमआरआईमा ७ सय ५० सम्म छुट पाउनेछन्।

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन् ।

एनआईएमबीले विराट मेडिकल कलेज र नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्नाभिन्नै सम्झौता गरेको छ ।

विराट मेडिकल कलेज शिक्षण अस्पताल

यस सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्सरे, यूएसजी/ईसीजी, सीटी स्क्यान/एमआरआई, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेसन थिएटर तथा आईसीयू/एनआईसीयू/पीआईसीयूमा ५ प्रतिशत छुट पाउनेछन् ।

विराट नर्सिङ होम

सम्झौता अनुसार एनआईएमबीका ग्राहकले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्सरे, यूएसजी/ईसीजी, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेसन थिएटर, आईसीयू/एनआईसीयू/पीआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सीटी स्क्यान/एमआरआईमा ७ सय ५० सम्म छुट पाउने छन् ।

यस्तो छुट लिन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंकले आफ्ना ग्राहक सुविधा ध्यानमा राखेर काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालसँगको सहकार्यमा छुट व्यवस्था गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?