+
+
Shares

७८ लाखको घुस डिल प्रकरण प्रधानमन्त्रीको विषय पनि हो : माओवादी केन्द्र

माओवाद केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, सांसदहरू रेखा शर्मा, सुदन किराती, ज्ञानु बस्नेत सुवेदी, सुर्यमान तामाङ दोङ लगायतले पनि मन्त्रीले गरेको भनिएको घुस डिलको विषयमा प्रधानमन्त्रीसँगै जवाफ मागेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद्का सदस्यले ७८ लाखको घुस डिल गरेको प्रकरण प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित भएको भन्दै जवाफ मागेको छ।
  • माओवादी केन्द्रका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगै मन्त्रीहरूको घुस डिल प्रकरणमा जवाफ मागेका हुन्।
  • सांसद दुर्गा राईले प्रधानमन्त्रीलाई उक्त प्रकरणमा एक्शन लिन र वास्तविकता संसदमा प्रष्ट पार्न सभामुखमार्फत रुलिङको माग गरेकी छन्।

२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद्का सदस्यले ७८ लाखको घुस डिल गरेको प्रकरण प्रधानमन्त्री केपी शर्मा ओलीका समेत विषय भएको बताएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसदहरूले घुस डिल प्रकरणका सम्बन्धमा प्रधानमन्त्रीसँगै जवाफ मागेर यस्तो तर्क गरेका हुन् ।

‘मन्त्रीको ७८ लाख घुस डिल प्रकरण भन्ने विषय सामान्य प्रशासन मन्त्रीजीको मात्रै नभएर सम्माननीय प्रधानमन्त्रीजीको विषय पनि हो’ माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन् ।

कुनै मन्त्रीको विषय विवादित भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय भएको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘…सरुवा लगायतका विषयहरूमा घुस प्रकरणको डिलको अडियोहरू सार्वजनिक भइरहँदा सरकार चुप लागेर बस्ने हो ?’

प्रधानमन्त्रीलाई सांसद राईको प्रश्न छ, ‘मन्त्रीका घुसका डिलका विषय बाहिरिएपछि एकसन लिन पर्छ कि पर्दैन ?’

नैतिकता भन्ने पनि कतै नभेटिएको उनको टिप्पणी छ, ‘मन्त्रीले नैतिकता देखाउने विषय त टाढाको विषय बन्दैछ । त्यसैले म भन्दैछु- प्रधानमन्त्रीजी म घुस पनि लिदिन अरुलाइ पनि लिन दिन्न भन्ने टुक्काले मात्रै पुग्छ ?’

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न बिचौसलयासँग सामान्य प्रशासनमन्त्रीले गरेको ५३ लाखको डिल गरेको र भुमी आयोग कास्कीको अध्यक्ष बनाउन अर्को २५ लाखको डिल गरेको अडियो सार्वजनिक भएको उल्लेख गर्दै राईले सभामुखको समेत ध्यानाकर्षण गरिन् ।

‘यो विषयमा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीजी पनि जोडिनुभएको छ । प्रधानमन्त्रीजीले यी विषयहरुमा वास्तविकता के हो भनेर सुंसद्मा प्रष्ट राख्नका लागि रुलिङको माग गर्दछु,’ उनले भनिन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, सांसदहरू रेखा शर्मा, सुदन किराती, ज्ञानु बस्नेत सुवेदी, सुर्यमान तामाङ दोङ लगायतले पनि मन्त्रीले गरेको भनिएको घुस डिलको विषयमा प्रधानमन्त्रीसँगै जवाफ मागेका छन् ।

प्रमुख सचेतक पाण्डेले भनेका छन्, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था तथा सहकारी मन्त्रीको घुस डिल प्रकरणको विषय आएका छन् । तिबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराउन चाहन्छु ।’

माओवादी सांसद दोङले भ्रष्टाचारसँग मन्त्रीको सम्बन्ध के हो भनेर खोजेका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचार र मन्त्रीहरूबीचको सम्बन्ध के हो ? यसमा स्पष्ट हुन चाहन्छौं ।’

माओवादी सांसद रेखा शर्माले दोषीउपर छानबिन र कारबाहीको हिम्मत सरकारले राख्नुपर्ने सुझाएकी छन् । उनले भनेकी छन्, ‘यसमा दोषी जोसुकै होस् । छानबिन गरेर दोषीलाई कडा भन्दा कडा कारबाही गरियो्स् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?