+
+
Shares

प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १७:००

२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा.प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएका हुन् ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?