+
+
Shares

‘सुम्निमा’मा उपासना र कुन्साङले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिलन चाम्सको फिल्म 'सुम्निमा'को शीर्ष भूमिकामा कुन्साङ बमजम र उपासनासिंह ठकुरी अनुबन्धित भएका छन्।
  • निर्देशक चाम्सले 'सुम्निमा'लाई युनिभर्सल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यानमा राखेर निर्माण गर्न लागेका छन्।
  • फिल्मको छायांकन अगस्ट महिनामा बेलायतको लण्डन र नेपालमा हुनेछ र राजीव थापाको लेखनमा बन्नेछ।

काठमाडौँ । मिलन चाम्सको आगामी फिल्म ‘सुम्निमा’को शीर्ष भूमिकामा मोडल तथा अभिनेता कुन्साङ बमजम अनुबन्धित भएका छन् ।

यो फिल्मको शीर्ष भूमिकामा यसअघि अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्धित भैसकेकी छन् । यो कास्टिङसँगै फिल्ममा अब उपासना र कुन्साङले जोडी बाँध्ने पक्का भएको छ ।

कुन्साङ र उपासना यसअघि एक फिल्मको प्रिमियरमा एकसाथ देखिएका थिए । त्यतिबेला दुईजनाले एकसाथ काम गर्न सक्ने संकेत उपासनाले अनलाइनखबरलाई दिएकी थिइन् ।

कुन्साङले पूजा शर्मा स्टारर ‘दान्भी’बाट घरेलु फिल्ममा डेब्यु गरेका हुन् । यसपटक भने अहिलेका सुपरहिट निर्देशक चाम्सको फिल्ममा उनी देखिन लागेका हुन् । गतवर्षको हिट फिल्म ‘अञ्जिला’पछि मिलन यो फिल्म निर्देशनको तयारीमा जुटेका छन् ।

‘सुम्मिना’ साइन गरेपछि बमजनले चाम्सको फिल्ममा काम गर्न पाउनु आफ्नो लागि अहोभाग्य रहेको बताए । ‘यो फिल्मलाई आफ्नो डेब्यु फिल्मको जस्तै दिलोज्यानले मिहेनत गरेर आफूलाई प्रमाणित गर्छु’ उनले भने ।

‘सुम्निमा’ले आफ्नो करिअरमा इट्टा थप्ने विश्वास उनले लिएका छन् । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म प्रेमकथामा बन्न लागेको हो ।

निर्देशक चाम्सका अनुसार युनिभर्सल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो फिल्म निर्माण गर्न लागिएको हो । राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको छायांकन अगस्ट महिनामा बेलायतको लण्डन र नेपालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?