
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समयमै काम नसक्ने निर्माण कम्पनी र ठेकेदारमाथि कारबाही प्रक्रिया तीव्र पारेको दाबी गरेका छन्।
- उनले प्रतिनिधिसभाको बैठकमा केही ठेकेदारको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने काम धमाधम भइरहेको जानकारी दिएका छन्।
- मन्त्री दाहालले निर्माण व्यवसायी महासंघबाट प्राप्त तथ्याङ्क अनुसार विभिन्न वर्गका हजारौं निर्माण कम्पनीहरू मन्त्रालय र स्थानीय तहमा दर्ता भएको बताए।
३० असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तीव्र पारेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री दाहालले केही निर्माण कम्पनी र ठेकेदारमाथि कारबाही सुरु गरेको जानकारी दिएका हुन् ।
‘समयमै काम नसक्ने ठेकेदारहरुको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने गरिएको छ,’ उनले भने ।
मन्त्री दाहालले समयमा काम नसक्ने ठेकेदारहरूको ठेक्का रद्द गर्दै कालोसूचीमा राख्ने काम अहिले धमाधम भइरहेको बताए ।
मन्त्री दाहालले निर्माण व्यवसायी महासंघबाट प्राप्त तथ्याङ्क प्रस्तुत गर्दै ‘क’ वर्गका ३४८, ‘ख’ वर्गका २७१ र‘ ग’ वर्गका १,०३१ वटा निर्माण कम्पनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दर्ता भएका बताए ।
उनले ‘घ’ वर्गका २२ हजार ५५१ ठेकेदार कम्पनीहरू स्थानीय तहमा दर्ता भएको पनि जानकारी दिए ।
उनले सडक आयोजना तथा भौतिक पूर्वाधार निर्माणको कामले समेत गति लिएको दाबी गरे ।
‘विकासे सबै मन्त्रालयसँग सम्बन्धित भएको कारण अहिले डाटा उपलब्ध गराउने अवस्था छैन,’ उनले भने, ‘अहिले काम नगर्ने ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राख्ने काम धमाधम भइरहेको छ ।’
मन्त्री दाहालले निर्माण सम्पन्न भइसकेका आयोजनाहरुको भुक्तानी फरफारक गर्नको लागि बजेटमा व्यवस्था गरिएको पनि बताए ।
प्रतिक्रिया 4