+
+
Shares

गुल्मी धुर्कोटमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको धुर्कोट गाउँपालिका–२ स्थित पिपलधारा उदिना ठूलाभिरा सीमामा अन्दाजी ७० वर्ष उमेरको एक पुरुष मृत फेला परेका छन्।
  • इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

३० असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–२ स्थित पिपलधारा उदिना ठूलाभिरा सीमामा एक जना पुरुष मृत फेला परेका छन् ।

सोमबार दिउँसो अन्दाजी ७० वर्ष उमेरको देखिने पुरुष मृत अवस्थामा फेला परेको गुल्मी प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम, थर र वतन खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल गएको छ ।

त्यस्तै आइतबार बेलुकी पनि मुसिकोट नगरपालिकास्थित वामी–रिडी सडकखण्डको छेउमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका थिए ।
मुसिकोट नगरपालिका वडानम्बर–५ इन्द्रेगौडास्थित सडक छेउमा अन्दाजी ७०–७५ वर्ष उमेरको एक पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?