
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ मा सुकुमवासी र अव्यवस्थित बसोबास गर्ने ६ हजार घरपरिवारलाई धनीपुर्जा वितरण सुरु गरेका छन्।
- शर्माले बुद्धशान्तिमा सात जना वृद्धलाई धनीपुर्जा दिएर अभियानको सुरुवात गरेका छन् र सोमबार १९५ जनाले धनीपुर्जा पाएका छन्।
- भूमि आयोगका केन्द्रीय पदाधिकारीहरू धनीपुर्जा वितरणका लागि झापा–१ पुगेका थिए।
३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ मा सुकुमवासी र अव्यवस्थित बसोबास गरेकाहरूलाई धनीपुर्जा वितरण शुरु गरेका छन् ।
सोमबार बुद्धशान्तिमा शर्माले धनीपुर्जा वितरण गरेका हुन् । शर्माको निर्वाचन क्षेत्र समेत रहेको झापा–१ मा ६ हजार घरपरिवारलाई धनीपुर्जा वितरण गरिने उनले बताए ।
शर्माले सात जना वृद्धलाई धनीपुर्जा दिएर अभियानको सुरुवात गरेका थिए । सोमबार १९५ जनाले धनीपुर्जा पाएका छन् ।
बुद्धशान्तिका वडा नम्बर ४, ५, ६ र ७ शर्माको निर्वाचन क्षेत्रमा पर्दछन् । यी वडाहरुमा ६२ सय परिवार भूमिहीन छन् । भूमि आयोगका केन्द्रीय पदाधिकारी धनीपुर्जा वितरणका लागि झापा–१ पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4