+
+
Shares

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार प्रयास जारी छ : पर्यटनमन्त्री

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियत प्रदान गरिएको र यसले उडान संख्या बढ्ने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँग निरन्तर छलफल भइरहेको बताए।
  • मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको र विभिन्न विकल्पमा विस्तृत अध्ययन भइरहेको जानकारी दिए।
  • पर्यटनमन्त्री पाण्डेले हिमाल आरोहण व्यवस्थित र सुरक्षित बनाउन उच्च प्राथमिकता दिइएको र नेपाल सरकारले ४ सय ७२ हिमाल आरोहणका लागि खुला गरेको बताए।

३० असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले पोखरा विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको दाबी गरे ।

उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियत प्रदान गरिएको र यसले उडान संख्या बढ्ने बताए । हाल हिमालय एयरलाइन्स मार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य वायुसेवा कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तार प्रयास भइरहेको उनले बताए ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । ‘वायुसेवा निगमको विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने, रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प सहित सुझाव प्राप्त भएका छन् । ती विकल्पबारे विस्तृत अध्ययन र छलफल गरी निगमको संस्थागत र संरचनागत सुधार कार्य अघि बढाइने छ ।’

पर्यटनमन्त्री पाण्डेले हिमाल आरोहण व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए । नेपाल सरकारले ४ सय ७२ हिमाल आरोहणका लागि खुला गरिसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?