+
+
Shares

बालेनले कवाड व्यवसायीलाई धरपकड गरेको भन्दै संसदमा जसपा सांसदको आक्रोश

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरीत कवाडी व्यवसायीहरूमाथि हमला भएको छ’ उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छन्।
  • सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी दिइन्।
  • उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह व्यवहारलाई को कायरतापूर्णको संज्ञा दिँदै पार्टीले घोर भर्त्सना गरेको बताइन्।
  • दोषीमाथि कारबाही गर्न सरकारसमक्ष उनको माग छ।

३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन् ।

यादवका अनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ । उनले गैरकानुनी रूपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरिन् ।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरीत कवाडी व्यवसायीहरूमाथि हमला भएको छ’ उनले भनिन् ।

उनले थपिन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । साथै गैरकानुनी हमलामा संलग्न अपराधीहरूलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौं ।’

उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?