
News Summary
Generated by OK AI. Editorially reviewed.- धीरज कुमारको ७९ वर्षको उमेरमा कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा निधन भएको छ।
- उनी १९७० देखि १९८५ सम्म हिन्दी फिल्महरूमा अभिनय गरे र पछि टिभी उद्योगमा निर्माता तथा निर्देशक बने।
- परिवारले प्रशंसकलाई शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न अपील गर्दै गोपनीयताको सम्मान गर्न अनुरोध गरेको थियो।
मुम्बई । हिरा पन्ना, रोटी कपडा और मकान, बहारों फूल बरसाओजस्ता चर्चित भारतीय फिल्ममा अभिनय गरेका धीरज कुमारको मंगलबार निधन भएको छ ।
और मिली, घरकी लक्ष्मी बेटियाँ र मायकाजस्ता शोका लागि पनि उनी परिचित छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई सोमबार कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।
अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । ७९ वर्षीय अभिनेता-निर्देशकलाई निमोनिया भएको थियो ।
उनी अस्पताल भर्ना भएपछि परिवारले विज्ञप्ति जारी गर्दै प्रशंसकलाई शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न अपील गरेको थियो ।
परिवारले यो कठिन समयमा गोपनीयताको सम्मान गर्न पनि अनुरोध गरेको छ । धीरज कुमारले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । उनले फिल्मफेयर ट्यालेन्ट हन्ट प्रतियोगितामा राजेश खन्नालाई कडा प्रतिस्पर्धा दिए ।
प्रतियोगितामा राजेश खन्नाले पहिलो, सुभाष घईले दोस्रो र धीरज कुमारले तेस्रो स्थान हासिल गरे । यी तीनै जना विजेताले हिन्दी सिनेमामा प्रवेश गरे र सफलता हासिल गरे ।
सन् १९७० देखि १९८५ सम्म, धीरज कुमारले हीरा पन्ना, शिरडी के साई बाबा, सरगम, माङ भरो सजना, क्रान्ति, पुराण मन्दिर, कर्म युद्ध र बेपन्नाह जस्ता धेरै फिल्महरू गरे ।
यसपछि उनले प्रोडक्सन हाउस क्रिएटिभ आई सुरु गरे । यस प्रोडक्सन हाउसको ब्यानरमा उनले निर्माता र निर्देशकको रूपमा टिभी उद्योगमा प्रवेश गरे ।
उनले ओम नमः शिवाय, श्री गणेश, मिली, घरको लक्ष्मी बेतियाँ, मन मे है विश्वास, ये प्यार ना होगा कम, तुझ संग प्रीत लगाई सजना, नादानियाँ र इश्क सुभान अल्लाह जस्ता केही उत्कृष्ट टिभी शोहरू निर्माण गरेका छन् ।
प्रतिक्रिया 4