News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेनिस संघले डेभिस कपका लागि खेलाडी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी भएको स्पष्ट पारेको छ।
- संघले अभिषेक बास्तोलालाई वाइल्ड कार्डमार्फत छनोट खेलमा सहभागी हुने मौका दिएको भए पनि उनले गुआममा आईटीएफ प्रो प्रतियोगिता खेल्ने निर्णय गरेको जनाएको छ।
- संघले भन्यो, 'निर्णय पूर्णतः स्थापित नियमअनुसार पारदर्शी ढंगले गरिएको हो' र आगामी दिनमा पनि निष्पक्ष, पारदर्शी र योग्यता आधारित छनोट प्रक्रिया कायम राख्ने प्रतिबद्धता जनाएको छ।
३१ असार, काठमाडौं । नेपाल टेनिस संघले डेभिस कपको लागि खेलाडी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी भएको स्पष्ट पारेको छ।
अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नबारे संघले नियम, पारदर्शिता र प्रदर्शनको आधारमा टिम चयन गरिएको जनाएको छ। संघका अनुसार सन् २०२४ मा अभिषेक आईटीएफको शीर्ष २ हजारभित्र रहेका कारण प्रदीप खड्कासहित टिममा परेका थिए।
तर सन् २०२५ मा उनले पर्याप्त प्रतियोगिता नखेलेपछि उनको वरीयता घटेको र प्रत्यक्ष चयन मापदण्डमा नपरेको संघको दाबी छ।
संघले अभिषेकलाई वाइल्ड कार्डमार्फत छनोट खेलमा सहभागी हुने मौका दिए पनि उनले गुआममा आईटीएफ प्रो प्रतियोगिता खेल्ने निर्णय गरेको संघले जनाएको छ।
छनोट खेलको मिति संघले २०२५ अप्रिल २६ मै सार्वजनिक गरिसकेको र आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमाका कारण मिति परिवर्तन असम्भव भएको संघले स्पष्ट पारेको छ।
संघले भनेको छ, ‘एक खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्यलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन। निर्णय पूर्णतः स्थापित नियमअनुसार पारदर्शी ढंगले गरिएको हो।’
अभिषेकले सामाजिक सञ्जालमा गलत आरोप लगाउँदै संघले आगामी दिनमा पनि निष्पक्ष, पारदर्शी र योग्यता आधारित छनोट प्रक्रिया कायम राख्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया 4