+
+
Shares

निर्माणाधीन सडकको खाल्डोमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते ९:३२

३२ असार, जनकपुरधाम । सर्लाहीमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए ।

खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर दक्षिणपूर्वमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?