
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।
- मनिषाले सामाजिक सञ्जालमा जीवनको कडा परिश्रम, असफलता र धैर्यता सिकाइको मूल स्रोत भएको बताएकी छन्।
- मनिषा हालै संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज 'हीरामण्डी : द डायमण्ड बजार'मा मलिकाजानको भूमिका निर्वाह गरेकी थिइन्।
काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डक्टरेट) उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् ।
उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’
क्यान्सरलाई जितेकी मनिषाको लागि यो गर्व गर्नलायक क्षण अवश्य हो । उनले सामाजिक संजालमा व्यक्त गरेको सन्देशमा जीवनको परिश्रम, असफलता र धैर्यता सिकाइको मूल स्रोतको रुपमा हुने उल्लेख गरेकी छन् । यसले औपचारिक शिक्षाभन्दा जीवनको व्यवहारिक सिकाइ महत्पूर्ण हुने बुझ्न सकिन्छ ।
‘कुनै पनि सपना धेरै ठूलो वा सानो हुँदैन । तपाईंले जे रोज्नुहुन्छ, त्यो पूरा हृदयले गर्नुहोस्’ मनीषाको भिडियो सेयर गर्दे विश्वविद्यालयले इन्स्टाग्राम पृष्ठमा भनेको छ ।
कामको कुरा गर्दा, मनिषा हालै संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’मा देखिएकी थिइन् । यो सिरिजमा उनले मलिकाजानको भूमिका निर्वाह गरेकी थिइन् ।
यो सिरिजको दोस्रो श्रृंखला बन्ने जनाइएको छ ।
प्रतिक्रिया 4