+
+
Shares

पपस्टार बियोन्सेको रिलिज नभैसकेका गीतको हार्डड्राइभ कारबाट चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपस्टार बियोन्सेको रिलिज नभएको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री एटलान्टामा चोरी भएको छ।
  • प्रहरीले चोरी भएका सामानमा वाटरमार्क गरिएको संगीत, अप्रकाशित संगीत, फुटेज, सेट लिस्ट, दुई ल्यापटप र हार्ड ड्राइभहरू रहेको बताएका छन्।
  • एटलान्टामा बियोन्सेले जुलाई १०, ११, १३ मा प्रस्तुति दिइसकेपछि सोमबार राति अन्तिम कन्सर्ट गर्ने र जुलाई २५ मा लस भेगासमा प्रस्तुति दिने तय भएको छ।

न्यूयोर्क । पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी भएको छ ।

प्रहरीका अनुसार गतसाता एटलान्टामा आयोजित ‘काउब्वाय कार्टर’ टूरको क्रममा बियोन्सेका कोरियोेग्राफरले भाडामा लिएको कारभित्र ती सामग्री राखिएको थियो ।

जुलाई ८ मा उक्त चोरी भएपछि आफूहरूलाई यसबारे फोन प्राप्त भएको प्रहरीले जनाएको छ ।

‘उनीहरूसँग मेरो कम्प्युटर छ । त्यहाँ साँच्चै महत्वपूर्ण जानकारी पनि छन्’ ९११ नम्बरमा एक अज्ञात व्यक्तिले गरेको फोनकलमा भनिएको छ, ‘म उच्च ओहदाको व्यक्तिसँग काम गर्छु । यसका लागि मलाई कम्प्युटर चाहिन्छ ।’

प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार, बियोन्सेका कोरियोग्राफर क्रिस्टोफर ग्रान्ट र उनका ब्याकअप डान्सर डायन्ड्रे ब्लूसँग सम्बन्धित दुई सुटकेस भाडामा लिइएको जीप वागोनियरबाट चोरी भएको थियो ।

चोरी भएका सामानमा वाटरमार्क गरिएको संगीत, अप्रकाशित संगीत, फुटेज, विगत र भविष्यका सेट लिस्ट समावेश दुई ल्यापटप र हार्ड ड्राइभहरू पनि समावेश रहेको रिपोर्टमा उल्लेख छ ।

प्रहरीले बताएअनुसार एक नाम नखुलाइएको संदिग्ध व्यक्तिलाई पक्राउ वारेन्ट जारी गरिएको छ ।

रिपोर्टअनुसार, ग्रान्टले गाडीबाट ४१,००० मूल्यको लुगा, ४५०० मूल्यको टम फोर्डको चश्मा र ४७५० मूल्यको टुमी बुक ब्याग पनि चोरी भएको बताएका छन् । ब्लूले म्याकबुक एयर र हेडफोनको एक जोडी चोरी भएको पनि बताए ।

जुलाई १०, ११ र १३ मा मर्सिडीज-बेन्ज स्टेडियममा प्रस्तुति दिएपछि बियोन्सेले आउने सोमबार राति एटलान्टामा आफ्नो चौथो तथा अन्तिम कन्सर्ट गर्ने तय भएको छ । जुलाई २५ मा लस भेगासमा प्रस्तुति दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?