
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले प्रस्ताव गरेको १ हजार रुपैयाँ दरका नयाँ नोटका चित्र र आकार स्वीकृत गरेको छ।
- राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाएको थियो।
- नयाँ नोट छपाइमा अझै ६ महिनासम्म लाग्ने र हस्ताक्षर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नै हुने राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्।
३२ असार, काठमाडौं । सरकाले १ हजार रुपैयाँ दरका नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले गरेको प्रस्तावित चित्र र आकार स्वीकृत गरेको हो ।
राष्ट्र बैंकले १ हजार दरका नयाँ नोट छपाइ गर्ने तयारी अनुसार प्रक्रिया अघि बढाएको हो । त्यसका लागि केन्द्रीय बैंकले डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।
उक्त प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो । १ हजार रुपैयाँ दरका नोट कति संख्यामा छाप्ने भन्ने यकिन गर्न समय लाग्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।
छपाइमा जान अझै ६ महिनासम्म लाग्ने भएकाले नयाँ नोटमा हस्ताक्षर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नै हुने ती अधिकारीको भनाइ छ ।
प्रतिक्रिया 4