+
+
Shares

एकैदिन पाँचपोखरी थाङपालमा दुई झोलुङ्‍गे पुल उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुई झोलुङ्गे पुलको उद्घाटन गरिएको छ।
  • पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले इन्द्रावती नदीमाथि बनेको पुलको उद्घाटन गरेका हुन्।
  • पूर्वखेलकुदमन्त्री दावा तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले हाँडी खोलामाथि बनेको पुलको उद्घाटन गरेका छन्।

३२ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एकैदिन दुई वटा झोलुङ्‍गे पुलको उद्घाटन गरिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका-१, २ र ६ वडाको सिमानामा पर्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको गुफाडाँडा–इन्द्रावती झोलुङ्‍गे पुल र वडा नम्बर ४ थाङपालकोटको महभीर र वडा नम्बर ६ थाङपालधापको लेखर्क, मुडे जोड्ने हाँडी खोलामा निर्माण गरिएको झोलुङ्‍गे पुलको उद्घाटन गरिएको हो ।

इन्द्रावती नदीमाथि बनेको पुलको उद्घाटन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले संयुक्त रूपमा गरेका हुन् ।

यसैगरी हाँडी खोलामाथि निर्माण गरिएको झोलुङ्‍गे पुलको उद्घाटन पूर्वखेलकुदमन्त्री दावा तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले गरेका हुन् ।

पुल सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले दैनिक आवतजावत, तथा सामाजिक क्रियाकलापमा उल्लेखनीय सहजता अनुभव गर्ने पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले बताए । पुलले भौतिक रूपमा दुई ठाउँलाई जोड्ने मात्र नभएर यहाँका जनताको जीवनशैली, आर्थिक गतिविधि र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पार्ने उनको भनाइ छ ।

हाँडी खोलामा निर्माण गरिएको झोलुङ्‍गे पुलको उद्घाटन गर्दै पूर्वमन्त्री दावा तामाङले स्थानीय जनताको धेरै वर्षदेखिको सपना पूरा भएको बताए । आवश्यकतालाई मध्यनजर गर्दै स्रोत सुनिश्चित गरेर पुल निर्माण भएको जानकारी दिए ।

तस्वीर सौजन्य: रेडियो मेलम्ची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?