+
+
Shares

सिंहदरबार नजिकै प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १९:५२

३२ असार, काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ ।

नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लिबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् ।

पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत बुधबार पुत्ला दहन गरिएको संगठनका सचिव डीबी शाहीले जानकारी दिए ।

उनका अनुसार, साउन २ गते देशभर शैक्षिक हड्ताल घोषणा भइसकेको छ ।

सोही हड्ताल सफल पार्नेगरी बुधबार पुत्ला दहन र राजीनामा माग गरिएको उनले अनलाइनखबरलाई बताए ।

संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै उनीहरूले मसाल जुलस गरेका हुन् ।

राज्यद्वारा जनपक्षीय शिक्षा ऐन तर्फ अग्रसर नभई उल्टै शिक्षालाई व्यापारिक लाभको स्रोत बनाउने प्रयास भएको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?