
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विल्सनविक्रम राईले डेब्यु निर्देशकीय फिल्म 'मैझारो'को छायांकन इलामबाट सुरु गरेका छन्।
- फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको छ।
- फिल्ममा धीरज मगर, मिरुना मगर लगायत कलाकारहरूको अभिनय रहनेछ र संगीत संयोजन अनमोल गुरुङ र तोरेम्पा हाङ राईले गर्नेछन्।
इलाम । अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ले डेब्यु निर्देशकीय फिल्म ‘मैझारो’को छायांकन इलामबाट थालेका छन् । विहिबारदेखि छायांकन सुरु भएको जानकारी उनले दिए ।
लामो समयदेखि अभिनय कर्ममा सक्रिय राईले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यो फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ ।
फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिए ।
फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बु र सुवाससिंह ठकुरीको अभिनय हुनेछ ।
अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संगीत संयोजन गर्ने फिल्ममा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बु, अनमोल गुरुङले स्वर दिनेछन् । छायांकन सौरभ लामाले गर्नेछन् ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर फिल्म हो ।
प्रतिक्रिया 4