+
+
Shares

डोलेश्वरमा श्रावणी मेला, भक्तजनको भीड 

पानीले भरिएको तामाको गाग्री बोकेर चन्द्रविनायक मन्दिर पौखेलमा हातहातमा कलश बोकेका लामबद्ध महिलासँगै धार्मिक र्यालीसहित डोलेश्वर मन्दिरमा जलार्पण गरेर मेलाको शुभारम्भ गरिएको हो । 

रासस रासस
२०८२ साउन १ गते १६:१२
१ साउन, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले ३८ दिन लामो श्रावणी मेलाको शुभारम्भ गरेका हुन् । पानीले भरिएको तामाको गाग्री बोकेर चन्द्रविनायक मन्दिर पौखेलमा हातहातमा कलश बोकेका लामबद्ध महिलासँगै धार्मिक र्यालीसहित डोलेश्वर मन्दिरमा जलार्पण गरेर मेलाको शुभारम्भ गरिएको हो ।
मन्त्री थापाले डोलेश्वर महादेव विश्वभर चर्चामा रहेको जनाउदै नेपाली मात्रै नभइ भारतीय पर्यटकको आगमन अत्याधिक बढेको बताए । धार्मिक पर्यटनको विकासमा मेलाले थप टेवा पुग्ने उनले बताए ।
मेलामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । डोलेश्वरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अपेक्षा गरिएको उनले बताए ।
उनले श्रावणी मेलामा शनिबार र सोमबार हजारौंको भीड लाग्ने र अन्य दिन दैनिक एक हजार नेपाली तथा भारतीय दर्शनार्थी एवं पर्यटकको आगमन हुने बताए ।
मेलाबाट करिब रु एक करोड ५० लाख भेटी तथा दान सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते मन्दिरको चारवटै ढोका खुल्ला गरी मन्दिरभित्रैै प्रवेश गरी आफैले पूजा गर्ने व्यवस्था गरिएको उनले बताए ।
श्रावणी मेलामा शनिबार र सोमबार हजारौंको भीड लाग्ने र अन्य दिन दैनिक एक हजार नेपाली तथा भारतीय दर्शनार्थी एवं पर्यटकको आगमन हुने बताए ।
डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले मेलालाई थप प्रभावकारी बनाउन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा भजनकीर्तन गरिने बताए ।
मेला अवधिमा करिब ६० जना स्वयंसेवक परिचालन गरिएको र मेलामा स्वास्थ्य शिविरकोसमेत आयोजना गरिएको बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको बताए ।
सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले मेलालाई व्यवस्थित र सुरक्षित बनाउँन सिसीटिभी जडान गरिएको, सुरक्षाकर्मी परिचालन भएको र केही समस्या आएमा वडामा तत्काल खबर गर्न अनुरोध गरे ।
आजबाटै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ। डोलेश्वर आउने दर्शनार्थी आशापुरीसमेत पुग्ने गरेका छन् ।
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?