
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ।
- उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनबाट ५० प्रतिशत, लिडरशीप एकेडेमीको नतीजा २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी २० प्रतिशत र समावेशीतामा ५ प्रतिशत भाराङ्क निर्धारण गरिएको छ।
- केन्द्रीय समितिले अनुमोदन गरेका विशेष परिस्थिति बाहेक लिडरशीप एकेडेमीमा उम्मेदवारको सफल सहभागिता अनिवार्य हुनेछ।
१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले उम्मेदवार छनोटका आवश्यक योग्यता र प्रावधान जारी गरेको हो ।
प्रचलित कानूनले बन्देज नगरेका, फौजदारी अभियोग नलागेका बाहेक रास्वपाले उम्मेदवार छनोट गर्दा विभिन्न मानक तय गर्दै भाराङ्क तोकेको छ ।
रास्वपाका अनुसार ‘पार्टीको विधानको भाग १९ अन्तर्गत रहेको लिडरशीप एकेडेमी र उम्मेदवार क्लब तथा भाग २० मा उल्लेख गरिएको प्रारम्भिक निर्वाचन र निर्वाचित जनप्रतिनिधि सम्बन्धी खण्डको मूल मर्म आत्मसाथ गर्दै पार्टीले राज्यका विभिन्न तहका निर्वाचनमा उम्मेदवार छनोट गर्ने उद्देश्यले विधि निर्माण गरेका हो ।
उम्मेदवार छनोट हुन प्रारम्भिक निर्वाचनबाट ५० प्रतिशत, लिडरशीप एकेडेमीको नतीजा २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी २० प्रतिशत र समावेशीतामा ५ प्रतिशत भाराङ्क निर्धारण गरिएको छ ।
‘उम्मेदवारको अन्तिम छनोट कारक मानक मुल्याकंन विभि अनुसार विभिन्न पक्षहरुको वस्तुनिष्ठ मूल्याकंनका आधारमा मानेर गरिनेछ, केन्द्री समितिले अनुमोदन गरेका विशेष परिस्थिति बाहेक उम्मेदवार छनोटका लागि लिडरशीप एकेडेमीमा उम्मेदवारको वस्तुगत र सफल सहभागिता अनिवार्य हुनेछ’, रास्वपाले जारी गरेको उम्मेदवार छनोट विधिमा उल्लेख छ ।
प्रतिक्रिया 4