
२ साउन, काठमाडौं । घले समुदायले छुट्टै जातिको पहिचान खोजेका छन् । यस्तो माग राखेर उनीहरूले संसदीय समितिको समेत साथ खोजेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि माग राखेर निवेदन दिएका छन् । उक्त निवेदनका सम्बन्धमा संसदीय समितिले छलफल गर्दैछ ।
नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरु सूचिकृत भएका हुन् । यसक्रममा घलेहरुलाई छुटाइएको यो समुदायको गुनासो रहँदै आएको छ ।
आफूहरूको छुट्टै पहिचान रहेको तर, सूचिकृत गर्दा घलेहरूलाई कतै तामाङकरण, कतै मगरकरण, कतै गुरुङकरण गरिएको उनीहरूको गुनासो छ ।
संसदीय समितिमा पुगेको निवेदनमा उल्लेख भएअनुसार घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म छ ।
नेपालको इतिहासमा शाह र मल्ल वंशअघि नै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको दस्स्तावेजहरू पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा जितेर घले राज्य खोसेका थिए ।
प्रतिक्रिया 4