
News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल, म्याग्जिन, गोली र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय सुर्खेतले २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई नियन्त्रित लागुऔषध ट्रामाडोल र नाइट्राजेपामसहित पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
२ साउन, काठमाडौं । चाइनिज पेस्तोल र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन् ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान बरामद भएको हो ।
यसका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4