+
+
Shares

सेयर बजारबाट एक वर्षमा उठ्यो साढे १६ अर्ब पूँजीगत लाभकर 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले सेयर बजारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ।
  • गत आर्थिक वर्षमा कुल ११६ कम्पनीले बोनस सेयर, प्राथमिक सेयर, एफपीओ, ऋणपत्र तथा म्यचुअल फण्डका इकाइ थपिएका छन्।
  • नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्षको कारोबार रकम २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट सरकारले हालसम्मकै उच्च पूँजीगत लाभकर पाएको छ ।

सो आर्थिक वर्ष कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सरकारले १४ अर्ब १३ करोड लाभकर पाएको रेकर्ड थियो ।

गत आर्थिक वर्षको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा तीन गुणा बढी हो । अघिल्लो वर्ष सरकारले ५ अर्ब ५१ करोड रुपैयाँ पूँजीगत लाभकर पाएको थियो । गत आर्थिक वर्ष साउन महिनामा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११६ कम्पनीको बोनस सेयर, प्राथमिक सेयर, एफपीओ, ऋणपत्र तथा म्यचुअल फण्डका इकाइ थप भएका छन् । गत आर्थिक वर्ष नै सेयर कारोबारमा पनि रेकर्ड बनेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्ष कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा १८९ प्रतिशत बढी हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार रेकर्ड बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?