+
+
Shares

नेपालमा सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, एक वर्षमा ९३२

आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १५:२६
फाइल तस्वीर

२ साउन, काठमाडौं । नेपालमा दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने गरेको पाइएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको छ ।

यो यस वर्ष राखिएको लक्ष्यभन्दा माथि रहेको भौतिकमन्त्री देवेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार पछिल्लो ६ वर्षयता भौतिकले सबैभन्दा धेरै ७६.४१ प्रतिशत प्रगति गर्न सफल भएको छ ।

यसमध्ये ८ अर्ब ६६ करोड बराबरको काम भने अघिल्ला आवमा सम्पन्न भई भुक्तानीमात्र यस वर्ष भएको हो । यो वर्ष चालु आवमा भने ठूलो भुक्तानी दायित्व नसरेको उनले जानकारी दिए ।

यो अवधिमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएकोमा ५८.५ किलोमिटर मात्र कालोपत्र भएको छ ।

हुलाकी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर लक्ष्य रहेकोमा ९२.५ किलोमिटर कालोपत्र भइसकेको छ । कर्णाली करिडोरमा २० किलोमिटर ग्राभेल सडक निर्माण लक्ष्य रहेकोमा लक्ष्य अनुसार काम भएको छ । कालिगण्डकी करिडोरमा ५० किलोमिटर कालोपत्र सक्ने भनिएकोमा ७१ किलोमिटर कालोपत्र भएको मन्त्रालयको तथ्यांक छ ।

पूर्वपश्चिम नारायणघाट–बुटवल खण्डमा १ सय १३ किलोमिटर कालोपत्र सम्पन्न गर्ने भनिएकोमा ६० किलोमिटर चार लेन र ३३.५ किलोमिटर २ लेन कालोपत्र भएको छ । अहिले दाउन्ने बाहेक क्षेत्रमा प्रगति राम्रो रहेको मन्त्री दाहालले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?