+
+
Shares

सरकारले एक वर्षमा तोड्यो भौतिकका १२० ठेक्का

भौतिक मन्त्रालयले रुग्ण ठेक्का अध्ययनबाट ५ सय ८६ ठेक्कालाई रुग्ण पहिचान गरेको थियो । यसमध्ये १ सय २० ठेक्का तोडिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत १ सय २० ठेक्का एक वर्ष अवधिमा तोडेको छ।
  • मन्त्रालयका सचिव केशवकुमार शर्माले ५ सय ८६ ठेक्कामध्ये १ सय २० तोडिएको र १ सय ५१ ठेक्काको समाधान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

२ साउन, काठमाडौं । सरकारले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत १ सय २० ठेक्का एक वर्ष अवधिमा तोडेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार भौतिक मन्त्रालयले रुग्ण ठेक्का अध्ययनबाट ५ सय ८६ ठेक्कालाई रुग्ण पहिचान गरेको थियो । यसमध्ये १ सय २० ठेक्का तोडिएको छ ।

त्यस्तै १ सय ५१ रुग्ण ठेक्काको समस्याको प्रकृति अनुसार समाधानको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

उनका अनुसार बाँकी रुग्ण ठेक्काको उचित निकासका लागि थप अध्ययन भइरहेको समेत उनले जानकारी दिए ।

‘सरकारले ठेक्कै तोड्दैन भन्ने गरिन्छ,’ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले १ सय २० ठेक्का यस वर्ष तोडेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?